Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानकी दीपा राईले धरानमै ९ घर परिवारलाई खाद्यान्न बाँडिन्

हाम्रो कोशी आवाज
असार ३ २०७८, बिहिबार
धरानकी दीपा राईले धरानमै ९ घर परिवारलाई खाद्यान्न बाँडिन्

धरानः धरान–८ अरुण टोलस्थित विपन्न ९ घर परिवारलाई समाजसेवी दीपा राईले बिहीबार खाद्यान्न सामग्री वितरण गरेकी छिन् ।
प्रत्येक परिवारलाई १०–१० किलो चामल, दाल, आलु, टमाटर, प्याज, तेल वितरण गरिएको राईले जानकारी दिइन् । दीपाका बहिनीद्वय धरान–८ निवासी (हाल बेलायत) विद्या राई र विमला राईको आर्थिक सहयोमा सो खाद्य सामग्री प्रदान गरिएको हो ।
यो महामारीको समयमा लकडाउनका कारण समस्यामा परेका ब्यक्तिहरुलाई सकेसम्म निरन्तर सहयोग गर्दै जाने समाजसेवी दीपाले जानकारी दिइन् ।

प्रकाशित मिति: असार ३ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend