धरानः ओखलढुङ्गा र पाँचथरमा लडेर २ जनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान ९ बजे पाँचथर फिदिम नगरपालिका ३ का ३९ वर्षीय जयकुमार राईको सोही स्थानको फुस्रेडाडाको भरिबाट लडेर मृत्यु भएको छ । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी पौवासार्तापबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकृत महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
उता ओखलढुङ्गाको सिद्दिचरण नगरपालिका ४ रुम्जाटारका ६७ वर्षीय वीरबहादुर ठटालको घर नजिकै बारीको डिलबाट लडेर मृत्यु भएको छ ।
बिहीबार बेलुका साढे ६ बजे उनलाई बारीको डिलबाट लडेर बेहोस अवस्थामा परिवारले फेला पारी घरमा ल्याई पुरयाउन साथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटि थप अनुसन्धान भइरहेको छ ।

