Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगरसहित चारजना समातिए

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
ब्राउनसुगरसहित चारजना समातिए

विराटनगरः मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको छ ।
शुक्रबार बिहान साढे ६ बजे विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेऊबाट सोही स्थानका ३५ वर्षीय नारायण परियार र ३२ वर्षीय कृष्ण दर्नाललाई पक्राउ गरिएको हो ।
प्रहरीले उनीहरुलाई लागूऔषध ब्राउनसुगर १३ ग्राम ८०० मिलिग्राम र तौल गर्ने डिजिटल मेसिनसहित पक्राउ गरेको छ । त्यस्तै, सोही कार्यालयबाट खटिएको प्रहरी टोलीले कानेपोखरी गाउँपालिका २ का ३१ वर्षीय हर्क विष्ट र २७ वर्षीय योगेन्द्र निरौलालाई घरबाट लागूऔषध ब्राउनसुगर २ ग्राम ४०० मिलिग्रामसहित पक्राउ गरेको छ । पक्राउ परेका उनीहरुको थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend