Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बिक्री हुन थाल्यो विषादीयुक्त आँप

हाम्रो कोशी आवाज
असार ४ २०७८, शुक्रबार
बिक्री हुन थाल्यो विषादीयुक्त आँप

धरानः जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले धमाधम विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँप बिक्री गरिरहेका छन्।
गाईघाट बजारको मुख्य स्थान तथा चोकमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँप खुलेआम बिक्री भइरहेको गाईघाटका बासिन्दाले बताएका छन्।
विषादीयुक्त आँपले उपभोक्ताको स्वास्थ्यमा हानि हुन सक्ने उनीहरूको भनाइ छ। त्रियुगा नगरपालिका-११ गाईघाटकी सन्तोषी कार्कीले आँप किनेर खाएपछि पखाला लागेको बताइन्।
यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएका आँप प्रतिकिलो सय रुपैयाँभन्दा माथि महँगो मूल्यमा व्यापारीले बिक्री गरेको वडा नं १० बोक्सेका दुर्गा खड्का बताउँछन्।
वडा नं ११ जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपमध्ये ५० प्रतिशत भारतबाट ल्याउने गरिएको छ।

प्रकाशित मिति: असार ४ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend