Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका युवासहित ८ जना समातिए, भ्यानमा गाँजा ओसारपसार

हाम्रो कोशी आवाज
असार ६ २०७८, आइतबार
धरानका युवासहित ८ जना समातिए, भ्यानमा गाँजा ओसारपसार

विराटनगरः लागूऔषध गाँजा ओसारपसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १३ स्थित सुम्निमा चोकका ४५ वर्षीय सूर्य राई, सुनसरी देवानगञ्ज १ का ४० वर्षीय उमेश यादव, धनकुटा सहिदभूमि गाउँपालिका १ का ३२ वर्षीय रुद्र राई रहेका छन् ।
यसैगरी भारतीय नागरिक भारत अररिया फारवीसगन्जका १९ वर्षीय सोनु कुमार यादव, अररिया पिर्पाघाट विशनपुरका २८ वर्षीय जयराम यादव र अररिया नरपथगन्ज सोनापुरका ३० वर्षीय रन्जित भन्ने प्रिन्स विचितरकुमार रहेका छन् ।
विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरुको साथबाट नेपाली नगद रु ७ लाख १६ हजार ६ सय, भारतीय नगद रु २ हजार लगायत विभिन्न कम्पनीको मोबाइल थान–६ फेला पारी बरामद गरेको छ ।
प्रहरीले थप अनुन्धान गर्ने क्रममा लागूऔषध गाँजा ओसारपसारमा प्रयोग गरेको को१च २४१२ नम्बरको मारुती भ्यान र उनीहरुले विराटनगर महानगरपालिका ६ रामपुरस्थित झाँडीमा लुकाइछिपाइ राखेको १८ केजी गाँजा समेत फेला पारी बरामद गरेको छ । पक्राउ परेका मध्ये सूर्य राई भ्यान चालक रहेको खुल्न आएको छ । पक्राउ परेका ६ जना उपर लागूऔषध कसूरमा थप अनुसन्धान कार्य भइरहेको छ ।
५ लाख भन्दा बढी नगदसहित सरसामानहरु चोरी गर्ने २ जना पक्राउ
मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ ।
पक्राउ पर्नेमा विराटनगर ११ का २९ वर्षीय सञ्जय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ वर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष प्रहरी परिचालन गरी उनिहरुलाई आफ्नै घरबाट पक्राउ गरिएको हो ।
पक्राउ परेका दासको साथबाट ५५ हजार ७ सय ५० नगद र चौधरीको कोठाबाट कोनिका कम्पनीको टिभी थान–१, कानमा लगाउने झुम्का थान–३, एलइडी टिभी थान–१, मोबाइल थान–२, फलामे कराइ थान–१, फलामे औजार थान–४, चाँदीको सिक्री थान–१ र नेपाली नगद रू ५ लाख ८ हजार ७ सय ३ सहित पक्राउ गरेको हो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा गत जेष्ठ ९ गते विराटनगर ११ का विनोदकुमार नुनियाले सञ्चालन गरेको महावीर इलेकट्रिक पसलमा भेन्टिलेशन फुटाई नगद रु. ६५ हजार, गत जेष्ठ ११ गते विराटनगर १५ बैंकरोड का समिर लामाको पसलमा राति झ्याल फुटाई नगद रु. ८९ हाजर १ सय ४५ र २ बाट मोबाइल, गत जेष्ठ १६ गते विराटनगर ९ महेन्द्र चौक स्थित अनिस रिजालले सञ्चालन गरेको नेक्स्ट टिम एजुकेशन भिषा सर्भिसका ढोका फुटाइ धाराको टुटी ७ थान र गत जेष्ठ १५ गते विराटनगर ९ रामजानकी पथका वीरेन्द्रकुमार मण्डलले सञ्चालन गरेको आभुषण ज्वेलर्स सुनचाँदी पसलबाट पछाडि छतबाट पसलमा प्रवेश गरी सुन २४ ग्राम, चाँदीको पुजाको भाडा ३५० ग्राम, नगद रु. १७ हजार र ग्याँस सिलिण्डर थान १ चोरी गरेको खुलेको छ । पक्राउ परेकाद्वय चौधरी र दासलाई चोरी कसूरमा थप अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार ६ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend