Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टिपरको ठक्करले दुईजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार ७ २०७८, सोमबार
टिपरको ठक्करले दुईजनाको मृत्यु

धरान मोरङको सुन्दरहरैंचा नगरपालिका–९ स्थित पूर्व–पश्चिम लोकमार्गमा टिपरको ठक्करले दुईजनाको मृत्यु भएको छ ।
धनकुटा-७ पाख्रीबास बस्ने वर्ष ५० को कृष्णबहादुर थापाको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनी नेपाली कांग्रेस धनकुटाका सचिव रहेको बताइएको छ । उनको आइतबार राति साढे ९ बजे मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका सञ्जीवकुमार शर्माले जानकारी दिए । उनी झापा हिँडेको बताइएको छ ।
यस्तै, इटहरी उपमहानगरपालिका ४ बस्ने वर्ष ३५ को दीपु साहको पनि उपचारका क्रममा बीपी प्रतिष्ठानमै राति ९ः३५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, धनकुटा-७ पाख्रीबासकै वर्ष २७ का भीमबहादुर थापा गम्भिर घाइते बनेका छन् । उनको विराट नर्सिङहोममा उपचार भइरहेको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको तत्काल अल्फाबेट नम्बर नखुलेको टिपरले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को३६प ५९७९ न. को मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा विपरित दिशातर्फ जाँदै गरेको को२९प ९५५० नं. को मोटरसाइकल समेत अनियन्त्रित भई दुर्घटना भएको थियो ।
टिपर फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । दुवै मोटरसाइकल विराटचौक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । दुर्घटना इप्रका विराटचौकबाट अन्दाजी २ किमि पश्चिम भएको हो ।

प्रकाशित मिति: असार ७ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend