Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तीनजना सवार मोटरसाइकलमा लागूऔषध फेला, ५ जना समातिए

हाम्रो कोशी आवाज
असार ८ २०७८, मंगलबार
तीनजना सवार मोटरसाइकलमा लागूऔषध फेला, ५ जना समातिए

विराटनगरः मोरङको सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकस्थितमा लागूऔषध ब्राउन सुगर सहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी–७ का ३५ वर्षीय सुजन भन्ने ललित चौधरी, मोरङ कानेपोखरी–७ का २० वर्षीय महेश चौधरी र १९ वर्षीय भत्तेल भन्ने समिर चौधरी रहेका छन् ।
सोमबार बेलुका साढे ७ बजे प्रहरी चौकी झपडतलबाट खटिएको प्रहरी टोलीले दक्षिणबाट आउँदै गरेको तीनजना सवार रहेको प्र.न.१–०२–०४५प३९७३ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा उनीहरुको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर फेला पारी मोटरसाइकलसहित पक्राउ गरिएको हो ।
यसैगरी सोही स्थान सुनवर्सी नगरपालिका ८ विश्वकर्मा चौकस्थितमा सोमबार राति सवा ९ बजे प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका ४ का २५ वर्षीय प्रकाश लिम्बू र २० वर्षीय विमल तामाङ रहेका छन् । दक्षिणबाट आउँदै गरेको को४प ९१८० नम्बरको मोटरसाइकलमा सवारी उनीहरुको साथबाट ट्रमोल २०० ट्याब्लेटलगायत अन्य लागूऔषध फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जना उपर इलाका प्रहरी कार्यालय रंगेलीमा लगि थप अनुन्धान भइरहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend