विराटनगरः मोरङको रंगेली नगरपालिका ७ रंगेली बजारस्थितमा पश्चिमतर्फ जाँदै गरेको ना४ख ३४९३ नम्बरको टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा प्र१–०२–०४३प ८०११ नम्बरको मोटरसाइकल चालक रतुवामाई–६ सौठाका ४२ वर्षीय तिलकराज खड्का रहेका छन् ।
मङ्गलबार बिहान सवा ९ बजे सोही दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा गम्भिर घाइते भएका खड्काको रंगेली अस्पतालमा पुरयाउन साथ मृत्यु भएको थियो । ट्रिपर र चालक धनपालथान ६ का ३९ वर्षीय विद्यासागर राय इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।