Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान बजार खुलेपछि चहलपहल (५३ तस्वीर)

हाम्रो कोशी आवाज
असार ८ २०७८, मंगलबार
धरान बजार खुलेपछि चहलपहल (५३ तस्वीर)

धरानः धरानमा झन्डै दुई महिनापछि बजार खुल्दा चहलपहल बढेको छ ।
धरानमा सर्वसाधारणको उपस्थिति देखिन थालेको छ । व्यवसायीले १२ बजेसम्म पसल खोल्न अनुमति पाएपछि व्यवसायी, सर्वसाधारणको चहलपहल बढेको हो । धेरै दिनको बसाइपछि निस्किएका कतिपय सर्वसाधारण भने कामैबिना पनि बजारको चहलपहल नियाल्न निस्किएको बताउँथे ।
बजारमा मानिसहरूको चहलपहल बढेपनि व्यवसाय भने खासै नभएको व्यवसायीले बताएका छन् । धरानमा पसल, बैंक तथा वित्तीय संस्था, कार्यालयहरू खुलेका छन् ।
सुनसरीमा निषेधाज्ञा थपिएको छ । थप सातादिन निषेधाज्ञा लम्ब्याइएको छ । सोमबार मध्यराति १ बजेदेखि लागू हुने गरी थप गरिएको निषेधाज्ञा ४ गतेसम्मका लागि हो । जिल्ला प्रशासन कार्यालय सुनसरीले स्वास्थ्य मापदण्ड अपनाएर सबै प्रकारका पसलहरु बिहान ५ बजेदेखि १२ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको थियो । सब्जीमण्डी, सैलुन आदि खुल्नेबारेमा प्रशासनले जारी गरेको आदेशमा नसमेटिएपनि खोलिएको देखिन्थ्यो भने केही सिटी सफारी र टेम्पो खुलेका थिए ।
धरान–१ एक्टिभ फेसन वेयरका सञ्चालक यज्ञ श्रेष्ठले धेरै दिनको निषेधाज्ञाले कपडा किन्न नपाएका उपभोक्ताले फाट्टफुट्ट आउन थालेको बताए ।
अघिल्लो वर्ष नै आमनागरिकको आयस्रोत घटेको र कोरोनाको त्रास बाँकी नै रहेकाले अहिले दैनिक उपभोग्य वस्तु बेच्ने पसलबाहेकमा व्यापार हुन नसक्ने उनले बताए । ‘अत्यावश्यक क्षेत्रबाहेक अन्यत्र व्यापार हुनै सक्दैन, लयमा फर्किन समय लाग्छ’, उनले भने ।
कपडा, जुत्ताचप्पल, हार्डवेयर, इलेक्ट्रोनिक्स, फर्निचर, पुस्तक तथा स्टेशनरी लगायतका पसलमा बढीजसो ग्राहक बढेको व्यवसायीले बताएका छन् ।
‘धरानमा बजार खुल्न थालेपछि अब व्यापार हुन थालेको भन्दै बैंकले ताकेता गर्लान् अरु त के होला र ?’, एक व्यवसायी नाम नछाप्ने शर्तमा भन्छन् । व्यापार नहुँदा अघिल्लो वर्ष बैंकको ऋण कसरी तिर्ने समस्या बढेर आएको र यस वर्ष पनि त्यस्तै हुनसक्ने व्यवसायी सर्मिष्टा श्रेष्ठ बताउँछिन् । तस्वीरहरुः हाम्रो कोशी आवाज

प्रकाशित मिति: असार ८ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend