सुनसरीः खानेतेलको गिलेनमा लागूऔषध फेला परेको छ ।
लागूऔषधसहित एकजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ वर्षीय राजकुमार मगर रहेका छन् ।
उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५ एम्पुल, डाइजाल्याप ७५ एम्पुल र फेनारगन ७८ एम्पुल फेला परेको थियो । विराटनगर–१६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्यूरोबाट खटिएको प्रहरी टोलीले उनलाई मङ्गलबार बेलुका साढे ६ बजे पक्राउ गरेको हो ।
पक्राउ परेका मगरलाई इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ । प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
