विराटनगरः मोरङको विराटनगर १५ भट्टाचोकमा निर्माणाधीन बजरङवली मन्दिरमा काम गर्ने भारतीय मजदुरको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत जोगबनी हाजिमहला घर भई हाल विराटनगर– १७ रानी बस्तीमा डेरा गरी बस्ने २५ वर्षीय तावारुल आलम रहेका छन् । बिहीबार दिउँसो १ बजे रड बान्ने तार काट्ने क्रममा तार काटने मेसिनबाट करेन्ट लागेर गम्भिर घाइते भएका आलमको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो साढे १ बजे मृत्यु भएको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
यस्तै, मोरङको रंगेली ननगरपालिका ६ मलङ्गथानस्थितमा रहेको पिठारीको रुख मुनि सितल छहारीमा गफ गरेर बसिरहेको अवस्थामा अचानक चटयाङ्ग पर्दा १ जनाको मृत्यु र ४ जना घाइते भएका छन् । दिउँसो साढे १ बजे परेको चट्याङबाट गम्भिर घाइते भएका सोही स्थानका २० वर्षीय नितेस रायको रंगेली अस्पतालमा पुरयाउन साथ मृत्यु भएको थियो भने सोही स्थानका ४५ वर्षीय अशोक मण्डल, १७ वर्षीय बिजय मण्डल, २२ वर्षीया संगीता राय र २७ वर्षीय रविन मण्डल घाइते भएका हुन् । घाइतेहरुको रङेली अस्पतालमा उपचार भइरहेको छ ।

