Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा कारको ठक्करले पैदलयात्रीको मृत्यु

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
सुनसरीमा कारको ठक्करले पैदलयात्रीको मृत्यु

इटहरीः सुनसरीको खनारमा कारको ठक्करले पैदलयात्री महिलाको मृत्यु भएको छ ।
शुक्रबार राति इटहरी–१२ खनारस्थित लोकमार्गमा इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको बा१०च ५५७३ नं. को कारले पैदलयात्री इटहरी–११ बस्ने वर्ष अन्दाजी ५२ वर्षीया गंगा ढकाललाई ठक्कर दिएको थियो । गम्भीर घाइते बनेकी उनको कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारका क्रममो मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख सञ्जीव शर्माले जानकारी दिए ।
कार तीब्र गतिमा चलाइएको कारण दुर्घटनामा परेको प्रहरीले जनाएको छ । ती महिलालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिँदा शुक्रबार राति १०ः२० बजे ती महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामापछि कार चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend