तेह्रथुमः तेह्रथुम लालिगुरास नगरपालिका १ भुल्केस्थितबाट तीनथान भरुवा बन्दुकसहित तीनजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका ३५ वर्षीय मनोज गुरुङ, ३४ वर्षीय प्रेम गुरुङ र ३६ वर्षीय रामबहादुर गुरुङ रहेका छन् । शुक्रबार दिउँसो सवा १ बजे प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिँडिरहेको अवस्थामा फेला पारेको थियो ।
प्रहरीलाई देख्नासाथ भाग्न खोजेका उनीहरुलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय वसन्तपुरबाट थप अनुसन्धान भइरहेको छ ।