Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ को गाउँपालिका जहाँ लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने निर्णय

हाम्रो कोशी आवाज
असार १२ २०७८, शनिबार
प्रदेश १ को गाउँपालिका जहाँ लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याइने निर्णय

धरानः पाँचथरको फाल्गुनन्द गाउँपालिकाले अबदेखि लिम्बू भाषालाई कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय भएको छ ।
आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएको बजेट योजना तथा कार्यक्रममा आगामी आर्थिक वर्षदेखि गाउँपालिकामा कामकाजी भाषाको रुपमा लिम्बू भाषा लागू गर्ने निर्णय भएको हो ।
५५ प्रतिशत लिम्बूहरुको बाहुल्यता रहेको पालिकाले कार्यालयको कामकाजी भाषाको रुपमा लिम्बू भाषाको प्रयोगमा ल्याउने जनाएको हो ।
लिम्बु समुदायको ऐतिहासिकतालाई सम्मान पुगोस् भन्ने उद्देश्यले लिम्बू भाषालाई सरकारी कामकाजीको भाषाको रुपमा लागू गर्ने निर्णय भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले बताए ।

पालिकाभित्र कामकाजी भाषाको रुपमा बोलिने अन्य भाषालाई समेत अगामी दिनमा कामकाजको भाषाको रूपमा मान्यता दिइने बजेट तथा कार्यक्रममा उल्लेख गरिएको छ । पालिकाको आगामी आर्थिक वर्ष २०७८–०७९ को नीति तथा कार्यक्रममासँगै अब साउन देखि नै कामकाजी भाषाको रुपमा लिम्बु भाषाको पनि प्रयोग हुने कुरुम्बाङले जानकारी दिए ।
राष्ट्रिय विभुती महागुरु फाल्गुनन्द लिङ्देनको आफ्नो जीवनको अन्तिम अवस्थासम्म भाषा, लिपि, संस्कार संस्कृति, सम्मान शिक्षा, समाज सुधार गर्दै किराँत धर्मको उत्थान तथा संरक्षणको निमित्त लागिरहेले फाल्गुुनन्दकै नाममा यो पालिकाको नामाकरण गरिएको थियो ।
आगामी आर्थिक वर्ष कालागि गाउँसभाबाट ४९ करोड ९६ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक भएसँगै नीति तथा कार्यक्रमले लिम्बू भाषालाई पनि संरक्षण गर्दै कामकाजी भाषाको रुपमा प्रयोगमा ल्याउने निर्णय भएको हो ।
गाउँपालिकामा ५५ प्रतिशत लिम्बू, १५ प्रतिशत क्षेत्री बाहुन, १० प्रतिशत राई, १० प्रतिशत तामाङ, ५ प्रतिशत दलित, १ प्रतिशत सुनुवार १ प्रतिशत मगर १ प्रतिशत नेवार तथा २ प्रतिशत माझी, कुमाललगायतका अल्पसङ्ख्यक र अन्य जातिको बसोबास रहेको गाउँपालिकाको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: असार १२ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend