खोटाङः खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् ।
आइतबार बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ वर्षीय चन्द्रबहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटी गई सुवर्णलाई सोही वडाको अल्छेढुंगाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । घटना सम्बन्धना थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।