Hamro Koshi Aawaj

बिहिबार, कार्तिक १९ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा दुर्घटनाः तीनजनाको मृत्यु

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
सुनसरीमा दुर्घटनाः तीनजनाको मृत्यु

धरानः सुनसरीमा भएको दुर्घटनामा तीनजनाको मृत्यु भएको छ ।
सुनसरीको कोशी गाउँपालिका-८ मा सो दुर्घटना भएको हो ।
प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालयका इटहरीका डीएसपी सुमन तिम्सिनाका अनुसार आइतबार बिहान ७ः४५ बजे सो दुर्घटना भएको हो । दुर्घटनामा तीनजनाको मृत्यु भएको उनले जानकारी दिए । कोशी गाउँपालिका-८ नङ्खु टोलस्थित पूर्व-पश्चिम राजमार्गमा हायस (माइक्रोबस) ले पिकअप भ्यान र मोटरसाइकल ठक्कर दिएको थियो । हायसले शुरुमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकल उछिट्टिएर सडकबाट तल झरेको थियो । त्यसपछि हायसले पुनः पश्चिमबाट पूर्वतर्फ आइरहेको म्याजिकलाई पनि ठक्कर दिएको डिएसपी कार्कीले बताए । तीब्र गतिमा सवारी चलाइएको कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
पूर्वबाट पश्चिततर्फ गइरहेको बा३ख् ७२२४ नम्बरको हायसले पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१च४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । यस्तै, मोटरसाइकललाई ठक्कर दिएर हुइँकिएको हायसले पश्चिमबाट पूर्व आउँदै गरेको बा३ख ९३३८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिँदा तीनजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा विराटनगर-७ निवासी ४० वर्षीय अक्षयकुमार गुप्ता, विराटनगर-९ का ४५ वर्षीय रामप्रसाद शाहको मृत्यु भएको छ भने मोटरसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका-५ का २८ वर्षीय उदय शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकृत नरेन्द्र कार्कीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक उदय, मोटरसाइकल पछाडि सवार रामप्रसाद साह र पिकअप भ्यानका चालक अक्षयकुमारको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् । हायस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका– ११ का २५ वर्षीय नारायण बस्याल पनि घाइते भएका छन् । घाइतेको उपचार इनरुवा अस्पतालमा भइरहेको छ ।

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend