Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा अबको निषेधाज्ञाः थपेपछि खुकुलो

हाम्रो कोशी आवाज
असार १३ २०७८, आइतबार
सुनसरीमा अबको निषेधाज्ञाः थपेपछि खुकुलो

धरानः अब पनि निषेधाज्ञा थपिएला कि नथपिएला ? धेरैको जिज्ञासा यही छ । धरानलगायत प्रदेश १ मै धेरै स्थानमा निषधाज्ञा भइरहेको छ ।
सबै नागरिकको साझा प्रश्न हो – के होला अबको निषेधाज्ञा ?
यही प्रश्न हामीले सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाललाई सोध्यौं । उनका उत्तर थियो ।
‘थपिन्छ ।’
दोस्रो लहरमा कोरोना भाइरसका सङ्क्रमित संख्या बढेपछि त्यसलाई रोकथाम तथा नियन्त्रण गर्ने आवश्यक कदम चाल्ने अधिकार जिल्ला प्रशासन कार्यालय प्रमुखलाई दिएको छ । त्यसैले पनि प्रमुख जिल्ला अधिकारी ढकालको उत्तरले धरानलगायत सुनसरीमा थप निषेधाज्ञा हुने स्पष्ट गर्छ ।
‘केही खुकुलो बनाएर थपिन्छ भन्ने हो,’ प्रमुख जिल्ला अधिकारी ढकालले भने, ‘निर्णयलाई भोलि बस्ने जिल्ला कोभिड सङ्कट व्यवस्थापन समिति (डीसीसीएमसी) मार्गनिर्देशक गर्छ ।’ उनका अनुसार खोलिएका पसलहरुको समय थप गर्ने तयारीसमेत भइरहेको छ ।
धरानलगायत सुनसरीमा वैशाख दोस्रो सातादेखि नै निषेधाज्ञा छ । प्रशासनले असार ७ देखि थपेर १४ गतेसम्म निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा असार १४ गते रातिबाट सकिँदैछ । भोलि (सोमबार) बस्ने बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गर्नेछ जनाइएको छ । ‘भोलि नै बैठक बसिहाल्छ, हामी छलफलमा बसेर कति दिन र कसरी गर्ने भन्ने विषयमा निर्णय गर्ने छौं,’ प्रजिअ ढकालले भने ।
यसअघि एक साताअघि थपिएको निषेधाज्ञाले जनजीवनलाई केही खुकुलो बनाएको थियो । १२ बजेसम्म पसल खोलिएपछि व्यवसायी र सर्वसाधारणले केही राहत महसुस गरेका छन् ।
माग भएका क्षेत्रलाई केही खुकुलो बनाउने भन्ने विषयमा छलफल भइरहेको उनले बताए । सवारी साधन चलाउने वा नचलाउने बारेमा पनि छलफल हुने उनले जानकारी दिए । ‘यसअघि यातायात सम्बद्ध व्यवसायीले ज्ञापनपत्र पनि बुझाइसकेका छन्’, उनले भने, ‘जनप्रतिनिधिलगायत सम्मिलित बैठकले योबारेमा निर्णय गरिनेछ ।’ उनले अन्तरजिल्ला यातायात चलाउनेबारे मात्रै छलफल चल्ने बताए । ‘अबको रणनीति पनि निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ । तर, कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेका छौं, अन्तरजिल्ला यातायात चलाउनेबारे पनि छलफल चल्नेछ ।।’ उनले भने ।
सुनसरीमा अहिले संक्रमित घट्दै गएको पाइएको छ । धरानमा केही संक्रमित बढेपनि सुनसरीमा संक्रमितको संख्या ह्वात्तै घटेको छ । ‘सुनसरी सदरमुकाम इनरुवासहित विभिन्न पालिकाको कुरा गर्ने हो भने संक्रमित घटेकै छन्’, उनले भने, ‘तर पनि छलफलले नै निर्णय गरेर अघि बढ्छौं ।’

प्रकाशित मिति: असार १३ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend