Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

एनआइसी एशिया बैंकको एटिएम फोडिरहेको अवस्थामा सुनसरीका युवा समातिए

हाम्रो कोशी आवाज
असार १४ २०७८, सोमबार
एनआइसी एशिया बैंकको एटिएम फोडिरहेको अवस्थामा सुनसरीका युवा समातिए

विराटनगरः मोरङको बुढीगंगा गाउँपालिका २ टंकीसिनवारीस्थितमा सरस्वती खड्काको घरमा सञ्चालनमा रहेको एनआइसी एशिया बैंकको एटिएम बुथमा तोडफोड गरिरहेको अवस्थामा दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका ९ का २४ वर्षीय मो. इम्तियाज र २५ वर्षीय मो. अनिष हुसेन रहेका छन् । सोमबार बिहान पौने ३ बजे विभिन्न हाते औजारहरु प्रयोग गरेर तोडफोड गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले फेला पारेको थियो । हाते औजारसहित पक्राउ परेका उनीहरुलाई चोरी उद्योग कसूरमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार १४ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend