Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

ब्राउनसुगर कारोबारमा संलग्न चारजना समातिए

हाम्रो कोशी आवाज
असार १५ २०७८, मंगलबार
ब्राउनसुगर कारोबारमा संलग्न चारजना समातिए

दमकः झापाको दमकबाट लागूऔषध ब्राउन सुगरसहित चारजनालाई पक्राउ गरिएको छ । सोमबार दिउँसो सवा ३ बजे दमक–६ थाना रोडस्थितबाट इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गौरादह–५ बालुवथान का २६ वर्षीय बिवेक लिम्बू र २२ वर्षीय सौरभ राईको साथबाट लागूऔषध ब्राउनसुगर २ ग्राम फेला परेको थियो ।
प्रहरीले थप अनुसन्धान गर्ने क्रममा उनीहरुले खरिद गरी ल्याएको स्थान खुल्न आएसँगै इलाम चुलाचुली–४ घर भई हाल दमक–५ मा बस्ने ३१ वर्षीय विक्रम राई र ३७ वर्षीय जेम्स भन्ने खगेन्द्र साँवाको कोठाबाट पाँच लाख चौध हजार तीन सयसहित पक्राउ गरी विक्रम र खगेन्द्रलाई सोधपुछ गर्दा इलामको घरमा लागूऔषध लुकाई राखेको भन्ने खुल्न आएकोले उनीहरुको घरमा गई खानतलासी गर्दा विक्रम कोठाबाट लागूऔषध ५ ग्राम र खगेन्द्र सावाको कोठाबाट ब्राउन सुगर २ ग्राम ३०० मिलिग्राम बरामद गरेको हो ।
पक्राउ परेका चारैजना उपर इलाका प्रहरी कार्यालय दमक झापाबाट थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: असार १५ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend