धरानः इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१२ घर भई इटहरी बस्दै आएका ४२ वर्षीय दुधिर श्रेष्ठलाई २० बोतल लागूऔषध डाइलक्स डि.सी.सहित कोशी गाउँपालिका–१ बाट पक्राउ गरेको हो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यस्तै, लागूऔषध ब्राउनसुगर र ट्याब्लेटसहित ५ जना पक्राउ परेका छन् । मोरङको बेलबारी नगरपालिका–१ हटिया लाइनबाट लागूऔषध ट्याब्लेटसहित ४ जना, झापाको मेचीनगर नगरपालिका–६ बाट ब्राउनसुगर सहित १ जना र सुनसरीको लौकहीबाट डाईलक्स डि.सी.सहित १ जना पक्राउ परेका हुन् ।
इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरी टोलीले मंगलबार दिउँसो बेलवारी नगरपालिका–१ का २५ बर्षीय रिकल कोइराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय बिशाल गुरुङ र ३५ बर्षीय सुरज गुरुङलाई डाइजाल्याब १७ एम्पुल, फेनारगेन १७ एम्पुल, एभिल १७ एम्पुल र लुपिजेसिक १७ एम्पुलसहित पक्राउ गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान ४ बजे, ३ ग्राम लागुऔषध ब्राउनसुगर सहित मेचीनगर नगरपालिका–६ का २७ वर्षीय देवेन्द्र थापालाई पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत महेन्द्रकुमार प्रधानले जानकारी दिए ।