Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

पाँचथरमा ट्याक्टर खस्दा एकको मृत्यु

हाम्रो कोशी आवाज
असार १७ २०७८, बिहिबार
पाँचथरमा ट्याक्टर खस्दा एकको मृत्यु

पाँचथरः पाँचथरको फालेलुङ–३ माङलेबुङस्थित भित्री कच्ची सडक खण्डमा ट्याक्टर दुर्घटनामा परेको छ ।
दुर्घटनामा एकजनाको मृत्यु समेत भएको छ । दुर्घटनामा परेर ट्याक्टरमा सवार फालेलुङ–३ का ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै, दुर्घटनामा तीनजना घाइते समेत भएका छन् । बुधबारसाँझ सो घटना भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका विष्टको उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डिएसपी सुमन तिमल्सिनाले जानकारी दिए ।
खाद्यान्न तथा जस्तापाता लिएर जाँदै गरेको मे. १ त. ६५७७ नम्बरको टयाक्टर सडकबाट अन्दाजी ३० मिटर तल खसेको थियो । उनका अनुसार दुर्घटनामा परेर ट्याक्टर चालक ४० वर्षीय अक्कलबहादुर लिम्बू, ट्याक्टरमा सवार ४६ वर्षीय कर्ण राई र ३० वर्षीय मनकुमार राई घाइते भएका छन् । फालेलुङ–३ घर भएका तीनै जना घाइतेको पाँचथर अस्पतालमै उपचार भइरहेको छ ।
वर्षाका कारण कच्ची सडक हिलाम्य रहेको रट्याक्टर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरीले दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति: असार १७ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend