Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

टयाक्टरले ठक्करबाट बालकको मृत्यु

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
टयाक्टरले ठक्करबाट बालकको मृत्यु

विराटनगरः टयाक्टरको ठक्करले एक बालकको मृत्यु भएको छ ।
मोरङको केराबारी गाउँपालिकामा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा केराबारी गाउँपालिका–३ हचुवा बस्ने देवेन्द्र श्रेष्ठका छोरा निवासुन श्रेष्ठ रहेका छन् ।
शुक्रबार बिहान ७ बजे देवेन्द्रको खेतमा जोत्न आएको ट्याक्टरले ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय केराबारीको प्रहरी टोलीले ट्याक्टर र चालक सोही स्थानका २९ वर्षीय सुनिल श्रेष्ठलाई नियन्त्रणमा लिएको जनाएको छ । घटनाका बारेमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend