Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खोटाङमा घर भत्किएर थिच्दा किशोर मृत्यु

हाम्रो कोशी आवाज
असार १८ २०७८, शुक्रबार
खोटाङमा घर भत्किएर थिच्दा किशोर मृत्यु

खोटाङः खोटाङमा पुरानो घर भत्किएर थिच्दा शुक्रबार एक किशोरको ज्यान गएको छ ।
पुरानो घर भत्किएर थिच्दा हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ८ धितुङका रमेश सार्कीका १४ वर्षीय छोरा राजकुमार सार्कीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बसोबास गर्न छाडिसकिएको घरभित्र पसेर खेल्ने क्रममा भत्किएर थिच्दा १४ वर्षीय किशोरको घटनास्थलमै ज्यान गएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनीसँगै खेल्न गएका दुई बालकले भने भागेर ज्यान बचाएका छन् ।

प्रकाशित मिति: असार १८ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend