Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

हाम्रो कोशी आवाज
असार १९ २०७८, शनिबार
मुङ्ग्रो प्रहार गरी श्रीमतीको हत्या

बेलबारीः बेलबारी नगरपालिका ७ का ४८ वर्षीय सीता घिमिरेलाई उनकै श्रीमान् ५६ वर्षीय अम्विका घिमिरेले हत्या गरेका छन् ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी टोली खटी गई हत्यामा संलग्न अम्विका घिमिरेलाई घरबाट दुई किलोमिटर दक्षिणमा गुवालीमा लुकीछिपी बसेको अवस्थामा शनिबार बिहान ५ बजे पक्राउ गरिएको हो ।
हिजो बेलुका अम्विका घिमिरेले मादक पदार्थ सेवन गरी घरमा गएको र श्रीमतीसँग सामान्य वादविवाद भई दुवैजना सुतेको र राति उठी एक्कासी आवेशमा आई काठको मुङ्ग्रोले निधाइरहेकी श्रीमती सीताको बायाँ कञ्चटमा चार–पाँच पटक प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
पक्राउ परेका अम्विका घिमिरेउपर ज्यानसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको छ ।

प्रकाशित मिति: असार १९ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend