ताप्लेजुङः ताप्लेजुङ सिरिजंघा गाउँपालिका २ पुल्चोकस्थित रहेको सुन्तली हाइड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थानका २२ वर्षीय प्रमोद कुँवर रहेका छन् । दिउँसो २ बजे हाइड्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । घटना सम्बन्धमा अप्रचौ खाम्दिम्बे र इलाका प्रहरी कार्यालय तेल्लोकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको छ ।