Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

गुमशेर राईलाई खोलाले बगायो, मृत भेटिए

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
गुमशेर राईलाई खोलाले बगायो, मृत भेटिए

उदयपुरः उदयपुर चौदण्डीगढी नगरपालीका ७ बेल्टारस्थित मदन चोकका ६५ वर्षीय गुमशेर राईको खोलाले बगाएर मृत्यु भएको छ ।
द्दवार खोला तर्ने क्रममा खोलाले बगाई बेपत्ता बनाएको थियो । घटनाको जानकारी पाएलगतै इलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी टोली खटी गई खोजतलास गर्ने क्रममा बगाएको ठाउँबाट अन्दाजी २०० मिटर दक्षिणमा राईको मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । लाशको कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागी स्वास्थ्ये चौकी बेलटार पठाइएको छ ।
उता, इलामको माङसेबुङ गाउँपालिका ५ का ४२ वर्षीय प्रविन राई करेन्ट लागेर मृत्यु भएको छ ।
राईले माई नगरपालिका ४ स्थित मानिस नबसेको घरबाट विद्युतको तार जोडी गङटेखोलामा माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि लैजादै गर्दा बाटैमा मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend