ओखलढुङ्गाः ३० हजार घुससहित सव–इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाईमा कार्यरत सव–इन्जिनियर राजन पासवानलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।
भूकम्पबाट क्षतिग्रस्त घर पुनर्निर्माणको तेस्रो किस्ता भुक्तानी पास गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको उजुरी निवेदनका आधारमा खटिएको अख्तियार टोलीले पासवानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
उनलाई ३० हजार रुपैयाँ नगदसहित असार १५ गते नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
नियन्त्रणमा लिइएका पासवानलाई आवश्यक अनुसन्धानका लागि अख्तियारमा बुझाइएको छ ।