Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भन्सार छलेर ल्याएको चिनीलगायतका सामानसहित गाडी नियन्त्रणमा

हाम्रो कोशी आवाज
असार २० २०७८, आइतबार
भन्सार छलेर ल्याएको चिनीलगायतका सामानसहित गाडी नियन्त्रणमा

विराटनगरः मोरङको रतुवामाई नगरपालिका ९ भौडा चौकस्थितमा भारतबाट भन्सार छली ल्याउँदै गरेको चिनी, बिस्कुटसहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ ।
आइतबार दिउँसो २ बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउँदै गरेको को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १३ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन फेला पारेको थियो ।
सो सामानहरु भन्सार छली गरी ल्याएको खुल्न आएकोले पिकअप चालक लेटाङ नगरपालिका २ का २७ वर्षीय विकास लिम्बूसहितलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि भन्सार बुझाइएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।

प्रकाशित मिति: असार २० २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend