पाँचथरः पाँचथरको याङवरक गाउँपालिका४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जनामध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।
बेपत्ता हुनेमा सोही स्थानका १६ वर्षीय लक्ष्मण योङहाङ र १३ वर्षीय बिपल योङहाङ रहेका छन् । आइतबार दिउँसो साढे १२ बजे ६ जनाको समूहमा पौडी खेल्न गएका उनीहरुमध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपत्ता भएका हुन् । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा उद्दार सामाग्रीसहितको प्रहरी टोली खटी गई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।