Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

इटहरीको आँपगाछीमा मोटरसाइकल र गाडी जुधे

हाम्रो कोशी आवाज
असार २१ २०७८, सोमबार
इटहरीको आँपगाछीमा मोटरसाइकल र गाडी जुधे

धरानः धरानबाट इटहरी जाँदै गरेको गाडी र मोटरसाइकल एकआपसमा ठक्कर खाँदा एक युवाको मृत्यु भएको छ ।
इटहरीस्थित आँपगाछीमा धरानबाट इटहरी जाँदै गरेको को१प ३४४१ नम्बरको दूध बोक्ने गाडी र स५प ७३०६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा परी मोटरसाइकल सवार चालक मोरङ सुन्दरहरैचा–५ का २६ वर्षीय नरेश यादवको उपचारको क्रममा मृत्यु भएको हो । उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीले जानकारी दिए ।

प्रकाशित मिति: असार २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend