Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

प्रदेश १ प्रहरी प्रमुखमा बिसी आए

हाम्रो कोशी आवाज
असार २१ २०७८, सोमबार
प्रदेश १ प्रहरी प्रमुखमा बिसी आए

विराटनगरः आर्थिक पारदर्शिता तथा निष्पक्ष अपराध अनुसन्धान कार्यमा विशेष जोड दिइने प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले बताएका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालयको सभाहलमा सोमबार दिउँसो भएको सञ्चारकर्मीहरुसागको भेटघाट कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
आन्तरिक व्यवस्थापन तथा प्रहरी कर्मचारीहरुको मनोबल उच्च राखी प्रहरीको क्षमता वृद्धि गरी आर्थिक पारदर्शिता र कार्यप्रतिको जवाफदेहितामा विशेष जोड दिइने पनि उनले बताए ।
सञ्चारकर्मीहरुले राखेका जिज्ञासाहरुको सम्बोधन गर्दै उनले विपद व्यवस्थापन लगायतका कार्यमा विशेष सक्रियताका साथ लागीपर्दै प्रहरी कति पनि बिचलित नभई आम नागरीकहरुको जिउ नको सुरक्षामा सदैव अग्रपंत्तिमा रहिरहने प्रतिबद्धता ब्यक्त गरे ।
नागरिक मैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका ब्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागी पर्ने समेत उनले जानकारी दिए ।
शुन्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु सञ्चालन गरी अनुसन्धान पद्दतिलाई प्रविधीमैत्री बनाउँदै प्रमाण र परिणाममुखी अनुसन्धान पद्धतिबाट १ नं प्रदेशका जनताहरुलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था गर्ने कुरामा विशेष जोड दिए ।
उनले सीमावर्ती क्षेत्रबाट हुने अबैध चोरी तस्करी तथा सीमावर्ती क्षेत्रमा हुने विविध आपराधिक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप शसक्त रुपमा अगाडि बढ्ने प्रण पनि गरे ।
प्रहरी कर्मचारीले कुनै पनि गैह्र व्यावसायिक कार्य गरेमा क्षम्य नहुने बताएका छन् ।
उनले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रीस्तरको मिति २०७८ साल असार ७ गतेको निर्णयले १ नम्बर प्रदेश सरुवा भई पदभार ग्रहण गरेका हुन् ।
उनले प्रमाणमुखी अपराध अनुसन्धानलाई जोड दिन, फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौटको लागि जोड दिन, हिरासत व्यवस्थापनमा विशेष ध्यान दिन र लागूऔषध ओसार पसार रोकथाम तथा नियन्त्रण गर्न तथा सिमावर्ती क्षेत्रबाट हुने अवैध चोरी निकासी नियन्त्रणका लागि दत्तचित्त भएर लागी पर्न समेत निर्देशन दिएका छन् ।

प्रकाशित मिति: असार २१ २०७८, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend