विराटनगरः मोरङ र झापामा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ ।
मोरङको विराटनगर ५ भित्री सडक खण्डमा हिजो बेलुका ७ बजे पश्चिमतर्फ जाँदै गरेको को३२प ८८१० नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका स्कुटी चालक विराटनगर–१४ का ४० वर्षीय टिका मेचेको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
त्यस्तै, सोमबार बेलुका पौने ७ बजे झापा बुद्धशान्ति गाउँपालिका ४ जोगी डाँडास्थित मेची रार्जमार्ग सडक खण्डमा दक्षिणतर्फ आउँदै गरेको ना३च ४०३३ नम्बरको पिकअप र विपरीत दिशातर्फ जादै गरेको मे९प ९२०३ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारको क्रममा बिएण्डसी अस्पताल पुरयाउन साथ मृत्यु भएको थियो । पिकअप र चालक इलाम सन्दकपुर १ बस्ने ३६ वर्षीय वीरेन्द्र राई इलाका प्रहरी कार्यालय बुधबारे झापाको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
यस्तै, मोरङको सुनवर्षी नगरपालिका ९ स्थित चन्दनखाडीमा बस्ने नारायण राजवंशीको छोरा ५ वर्षीय उमङ्ग राजवंशी जमेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको छ । सोमबार सवा ४ बजे खेल्ने क्रममा पानीको खाल्डोमा परी डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी चौकी डाइनिया र इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।
उता, ताप्लेजुङ मेरिङदेन गाँउपालिका २ आजुङ टोल का ५२ वर्षीय खेम्जु शेर्पाको भीरबाट लडेर मृत्यु भएको छ । सोमबार राति साढे १० बजे छिमेकीको बिहेबाट घर फर्कने क्रममा सोही स्थानमा रहेको खाम्दाके भिरबाट अन्दाजी २० मिटर तल खसी घाइते भएका उनको राति ११ बजे मृत्यु भएको थियो ।
घटनास्थलमा प्रहरी चौकी सान्थाक्रा र इलाका प्रहरी कार्यालय दोभानबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत समेत रहेका राईले जानकारी दिए ।