इटहरीः सुनसरी बर्जु गाउँपालिका ५ टेङग्रा खोला किनारमा बाख्रा चराउन गएकी बालिका खोलामा बेपत्ता भएकी छिन् ।
भारत बसमतिया घर भई हाल सीतागञ्ज बस्ने ९ वर्षीया जीविका यादवको सोमबार बेलुका साढे ५ बजे सोही खोलामा डुबी बेपत्ता भएकी छन् । घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय सीतागञ्जबाट प्रहरी टोली खटी गई खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।
