सुनसरीः सुनसरी बराहक्षेत्र नगरपालिका ८ शुक्रबारे स्थित चतराबाट प्रहरीले १ सय ५० केजी गाँजा बोकेको गाडीसहित दुईजनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा सोही स्थानका २२ वर्षीय भुपेन राय र सुनसरी रामधुनी–७ का २५ वर्षीय अमिर लिम्बू रहेका छन् । मङ्गलबार बिहान राति १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा चतराबाट आइरहेको को२च ११२ नम्बरको मारुती भ्यान र को२प ३५०२ नम्बरको मोटरसाइकललाई नियन्त्रणमा लिई चेकजाच गर्ने क्रममा भेनबाट लागूऔषध गाँजा १५० केजी र सिटमा राखिएको अवस्था १ थान नक्कली रिवलबल पेस्तोलसहित फेला परेको थियो ।
प्रहरीलाई देख्नासाथ तत्काल फरार रहेका दुईजनाको खोजी कार्य भइरहेको छ भने घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
