Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

जनमुक्तिले साउन २२ गते कालोदिन भन्दै शान्तिपूर्ण बन्द आह्वान

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
जनमुक्तिले साउन २२ गते कालोदिन भन्दै शान्तिपूर्ण बन्द आह्वान

धरानः राष्ट्रिय जनमुक्ति पार्टी किरात लिम्बुवान, खम्बुवान प्रदेश परिचालित समितिले साउन २२ गते एकदिन शान्तिपूर्ण लिम्बुवान बन्दको घोषणा गरिएको जनाएको छ ।
अरुण पूर्वको ९ जिल्लामा बन्द गर्ने राष्ट्रिय जनमुक्ति पार्टीले जारी गरेको अपिलमा जनाइएको छ । हरेक वर्ष साउन २२ गतेलाई कालोदिनको रुपमा २०६६ साल साउन २२ गतेबाट लगातार एकदिने शान्तिपूर्ण लिम्बुवान बन्दको आह्वान गर्दै आइरहेको अपिलमा जनाइएको छ ।
लिम्बुवान स्वायत्त राज्य स्थापनाको संविैधानिक ग्यारेन्टीका लागि भन्दै बन्द आह्वान गरिएको जनाइएको छ । साउन २२ गतेकै दिन लिम्बुवानको तत्कालीन गोर्खासँग भएको नुनपानी सन्धिले आत्मनिर्णयको अधिकार खोसिएको भन्दै साउन २२ लाई जनमुक्तिले कालो दिनको रुपमा मनाउँदै आएको छ ।

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend