Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

हाम्रो कोशी आवाज
असार २२ २०७८, मंगलबार
खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थमा मूल्यवृद्धि

धरानः सरकारले खाना पकाउने एलपी ग्याससहित पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ ।
नेपाल आयल निगमले मंगलबार साँझ एक सूचना प्रकाशित गरी मंगलबार राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको जनाएको छ । खाना पकाउने ग्याँसको मूल्य अब प्रतिसिलिण्डर १४२५ रुपैयाँ पर्नेछ ।
अब ग्यासको खुद्रा मूल्य १ हजार चार सय २५ रुपैयाँ पुगेको छ । यस्तै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले वृद्धि गरेको निगमले जनाएको छ ।
नेपाल आयल निगमले पेट्रोल डिजल र मट्टितेलको मूल्य बढाएको छ । प्रतिलिटर २ रुपैयाँले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाइएको निगमले जनाएको छ ।
त्यस्तै आन्तरिकतर्फ हवाई इन्धनको मूल्य पनि प्रतिलिटर २ रुपैयाँले बढाएर प्रतिलिटर ८४ रुपैयाँ पुरयाइएको छ । अन्तर्राष्ट्रिय उडानमा प्रतिकिलोलिटर १९ अमेरिकी डलर वृद्धि गरिएको छ ।
अब प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ । एलपी ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढेको छ ।

प्रकाशित मिति: असार २२ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend