Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खुकुरी प्रहार गरी हत्या

हाम्रो कोशी आवाज
असार २३ २०७८, बुधबार
खुकुरी प्रहार गरी हत्या

इलामः इलाम–१२ साङरुम्बा पिप्ले भञ्ज्याङका ४५ वर्षीय यमबहादुर साँवाले सोही स्थानका ५८ वर्षीय धनबहादुर राईको हत्या गरेका छन् ।
बुधबार बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यमबहादुरलाई खुकुरीसहित पक्राउ गरेको छ ।
तत्काल हत्या गर्ने कारण खुल्न नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत, प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए । घटना सम्बन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend