Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

हाम्रो कोशी आवाज
असार २३ २०७८, बुधबार
करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु

बिर्तामोडः झापाको बिर्तामोड–४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागेर मृत्यु भएको छ ।
बुधबार बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिघेस्थित रामकुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागि बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागेर भुईमा लड्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका भट्टराईको उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पुर्याउन मृत्यु भएको हो ।
उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेका थिए । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २३ २०७८, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend