Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

बोलेरोले किचेर र लडेर मृत्यु

हाम्रो कोशी आवाज
असार २४ २०७८, बिहिबार
बोलेरोले किचेर र लडेर मृत्यु

धरानः उदयपुर ताप्ली गाउँपालिका ५ डुढेस्थित सडक खण्डमा कटारीबाट रुपाटारतर्फ जाँदै गरेको प्र २–०१–००–१ च–००५० नम्बरको बोलेरो गाडीले किचेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही गाडीमा सवार रहेका सोही स्थान बस्ने २५ वर्षीय रमेश नेपाली रहेका छन् । बिहीबार बिहान राति २ बजे सो स्थानमा उकालो चढ्न नसकी चिप्लिन गई ब्याक हुँदा सो गाडीमा सवार मानिसहरु ओर्लने क्रममा रमेश नेपालीलाई किचेर गम्भीर घाइते बनाएको थियो ।
घाइतेलाई तत्काल उद्दार गरी कटारी अस्पताल पुरयाउँदा मृत्यु भइसकेको अस्पतालले जनाएको छ । गाडी प्रहरी चौकी रुपाटारको नियन्त्रणमा रहेको छ भने चालक सोही स्थानका ३० वर्षीय ईश्वर श्रेष्ठ फरार रहेकाले खोजतलास भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना समन्वय अधिकृत प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
उता, ओखलढुङगा खिजिदेम्बा गाउँपालिका ८ कास्पु की ४३ वर्षीया पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको छ ।
बुधबार राति साढे ९ बजे छिमेकीको घरबाट फर्कने क्रममा बाटोबाट अन्दाजी १२ फिट तल झरी घाईते अबस्थामा स्थानियले फेला पारेका थिए । उनको स्थानीयले बोकेर घरतर्फ ल्याउने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी रावादोलु र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी टोली खटी गई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend