Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

तमोरले बगाउँदा बालिकाको गयो ज्यान

हाम्रो कोशी आवाज
असार २४ २०७८, बिहिबार
तमोरले बगाउँदा बालिकाको गयो ज्यान

पाँचथरः तमोर नदीले बगाउँदा एक बालिकाको ज्यान गएको छ ।
कुम्मायक गाउँपालिका-३ रानागाउँका पदमसुन्दर सम्बाहाम्फेकी ८ वर्षीया छोरी करिष्माको ज्यान गएको हो । साथीसँग खेल्न गएकी करिष्मालाई खोलाले बगाएको थियो ।
बालिकाको शव बिहीबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।
यस्तै, डिभिजन वन कार्यालय पाँचथरको पर्खाल भत्किँदा फिदिम नगरपालिका–१ शनिबारेमा १४ वर्षीया सञ्चिता राई घाइते भएकी छिन् । उनको उपचारका लागि झापाको बीएण्डसी अस्पताल लगिएको छ ।

प्रकाशित मिति: असार २४ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend