बिर्तामोडः झापाको भद्रपुरमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मेची बहुमुखी क्याम्पसका उपप्राध्यापक ताराकान्त झा रहेका छन् । मोटरसाइकलमा सवार उनले नै ट्रकलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।
बुधबार राति साढे ११ बजे भद्रपुरबाट चन्द्रगढीतर्फ जाँदै गरेको मे२प २५२५ नम्बरको मोटरसाइकलले ना३ख ८५४२ नम्बरको सडकमा रोकी राखेको ट्रकलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइकल चालक झाको टाउकोमा गम्भीर चोट लागेको र उपचारका क्रममा मृत्यु भएको हो । उनको बिहीबार बिहान साढे २ बजे मृत्यु भएको हो ।
झापाका डिएसपी राकेश थापाका अनुसार उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनी मेची बहुमुखी क्याम्पस रसायन शास्त्र विभागका उपप्राध्यापक थिए ।