Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

खाँदबारीमा पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरी साथीको हत्या

हाम्रो कोशी आवाज
असार २५ २०७८, शुक्रबार
खाँदबारीमा पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरी साथीको हत्या

संखुवासभाः संखुवासभा खाँदबारी नगरपालिका १ तिलार नयाँबस्ती का २४ वर्षीय मुकेश तामाङले चिचिला गाउँपालिका २ घर भई हाल सोही स्थान दिदीको घरमा बस्दै आएका २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरेर हत्या गरेका छन् ।
बिहान ९ बजे मृतकको घरदेखि अन्दाजी ५०० मिटर दक्षिण खोल्सीमा उनको शब फेला परेको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोली खटी गई मुकेशलाई नियन्त्रणमा लिइएको थियो ।
पुरानो रिसिइबीको कारण गत राति २ बजे आफ्नो घरमा आएका पेमा शेर्पालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई छाडेको भन्ने पक्राउ परेका मुकेशको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २५ २०७८, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend