Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

चक्कु प्रहार गरी प्रहरी हवल्दारको हत्या, भाइ पक्राउ

हाम्रो कोशी आवाज
असार २६ २०७८, शनिबार
चक्कु प्रहार गरी प्रहरी हवल्दारको हत्या, भाइ पक्राउ

विराटनगरः मोरङको विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय साजन सिंहले ४२ वर्षीय दाजु भोला सिंहको धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेका छन् ।
शुक्रबार राति साढे १० बजेको समयमा मादक पदार्थ सेवन गरी एक्कासी दाजुलाई धारिलो हतियारले प्रहार गर्दा घाइते भएका भोलाको उपचारको क्रममा विराट अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
घटनामा संग्लग्न रहेका साजनलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नविनराज राईले जानकारी दिए ।
पारिवारिक विवादका क्रममा सो घटना भएको उनले जानकारी दिए । साजनले मादक पदार्थ सेवन (मापसे) गरेर धारिलो हतियारले प्रहार गरेको खुलेको प्रहरीले जानकारी दिए । उनी लागूऔषध दुव्र्यसनी समेत रहेको खुलेको प्रहरीले जनाएको छ ।
दाजु–भाइबीच पारिवारिक विवादका क्रममा झगडा भएको र राति उनले दाजुमाथि चक्कु प्रहार गरेका थिए । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: असार २६ २०७८, शनिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend