Hamro Koshi Aawaj

मंगलबार, कार्तिक १७ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानका नेता अइन्द्रविक्रम बेघाको जन्मदिन आश्रममा

हाम्रो कोशी आवाज
असार २७ २०७८, आइतबार
धरानका नेता अइन्द्रविक्रम बेघाको जन्मदिन आश्रममा

धरानः धेरै ठाउँमा कम्युनिष्ट पार्टीका नेता तथा जनप्रतिनिधिले भ्रष्टाचार गर्दै आएको र रक्सी–जाँडमा पैसा सकिरहेको समाचार आइरहेको समयमा धरानका एक नेताले आफ्नो जन्मदिन आश्रममा आश्रित परिवारसँग मनाएका छन् ।
धरानमा स्थायी बसोबास गर्दै आएका नेकपा माओवादी केन्द्रका नेता अइन्द्रविक्रम बेघाले अनाथ आश्रम र पुनस्थापना गृहमा जन्मदिन मनाएका हुन् । धरानस्थित सरस्वती बाल आश्रम र धरान छाताचोकस्थित पुनस्थापना गृहमा उनले खाना खुवाएका हुन् ।
उनले जन्मदिनमा धरानस्थित सरस्वती बाल आश्रममा आश्रित २९ बालबालिकालाई मासु–भात खुवाएका छन् भने गृहमा पनि खाना खुवाएका छन् ।
श्रीमती सविना खनाल (बेघा), छोरीसहित पुगेका उनले चकलेट पनि बाँडेका थिए । उनले यसअघि पनि पटक पटक जन्मदिनमा सोही ठाउँ र धरानस्थित अपाङग पुनस्थापना केन्द्रमा मनाउने गरेका थिए । उनले सिम्बोलिकरुपमै भएपनि जन्मदिन अपाङ्ग, असहायसँग मनाउन पाउँदा आफू सच्चा कम्युनिष्ट भएको र सन्तुष्टि मिल्ने गरेको बताउँछन् ।
नेता बेघाले भन्छन्, ‘विभिन्न हण्डर, ठक्कर खाँदै देशको सेवा गर्छु भनेर लागेको छु, सर्वहारा, भोका–नाङ्गाको पक्षमा लड्न चाहन्छु, त्यही भएर यहाँ जन्मदिन मनाउन आएको हुँ ।’
वि.सं. २०५६ सालदेखि नै माओवादी पार्टीमा सक्रिय उनी माओवादीनिकट विद्यार्थी संगठनको इकाई कमिटी, केन्द्रीय सचिव हुँदै माओवादीको केन्द्रीय सदस्य समेत बनेका व्यक्ति हुन् । संघीय मामिला संविधानसभा तथा संस्कृति मन्त्रालयको मन्त्रीको प्रमुख स्वकीय सचिव भइसकेका उनले जनयुद्धकालमा ११ महिना बेपत्ता, ३ वर्ष जेल जीवन बिताएका थिए । उनी धरान–१५ खोरिया बस्तीमा स्थायी बसोबास गर्दै आएका छन् ।

प्रकाशित मिति: असार २७ २०७८, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend