बिर्तामोडः झापाको बिर्तामोडमा एक युवती मृत फेला परेकी छन् । बिर्तामोड-५ की २६ वर्षीय सृजना बस्नेतको शव फेला परेको हो ।
उनी घर अगाडि मृत अवस्थामा सोमबार बिहान भेटिएकी जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।
उनको शव अर्धनग्न अवस्थामा फेला परेको थियो । हत्या आशंकामा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी सानुराम भट्टराईसहितको टोली घटनास्थलमा आएको छ । आमा, दाजुभाउजूसहितको परिवारसँग बस्दै आएकी उनी विर्तामोडमै रहेको सिर्जनशील सहकारी संस्थामा काम गर्दै आएकी थिइन् ।