Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा कांग्रेसको ५० लाखको आफ्नै कार्यालय भवन

हाम्रो कोशी आवाज
असार २९ २०७८, मंगलबार
धरानमा कांग्रेसको ५० लाखको आफ्नै कार्यालय भवन

धरानः कांग्रेसको इतिहासमै धरानमा आफ्नै पार्टी कार्यालय भवन निर्माण भएको छ ।
भवन निर्माणको कार्य सम्पन्न भई आन्तरिक सज्जावट गर्ने काम भइरहेको छ । कांग्रेस धरानका नगर सभापति तिलक राईका अनुसार महिला नेतृ एवं वडा नं. १८ बाट निर्वाचित वडा सदस्य दिलकुमारी राईले वडा नं. १७ मा भवन बनाउनका लागि निःशुल्क २५ धुर जग्गा उपलब्ध गराएकी थिइन् ।
सभापति राईले भने, ‘पार्टीका नेता साथीहरुले त्यहाँ अपायक पर्ने भयो, पायक पर्ने ठाउँमा भवन निर्माण गर्नुपर्छ भन्ने कुराहरु उठ्यो, दिदीकै वडा नं. २ मा जग्गा रहेछ, अहिले ५ धुर जग्गामा तीन तलाको भवन बन्दैछ ।’ वडा नं. २ को ५ धुर जग्गा पनि नेतृ दिलकुमारी राईकै हो ।
वडा नं. १७ को जग्गा उहाँलाई फिर्ता गरिएको नगर सभापति राईले बताए । धरान वडा नं. २ स्थित बलबहादुर राई, भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको नाममा तिन तलाको पार्टी कार्यालय भवन करिब ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ । अब चाँडै भवनको उद्घाटन गर्ने सभापति राईको भनाई छ ।
धरानमा कांग्रेसको १२ औं महाधिवेशनमा १४ सय क्रियाशील रहेको थियो भने १३ औं मा ३३ सय क्रियाशील सदस्य रहेको थियो । १४ औं महाधिवेशन सम्म आईपुग्दा तिलक राईको नेतृत्वले ४७ सय क्रियाशिल सदस्यता बनाउन सफल भएको कांग्रेस धरानका सचिव श्याम पोखरेलले बताए । १३ औं महाधिवेशनबाट निर्वाचित भएको समितिले धरानमा पहिलोपटक उपनिर्वाचनमा जित हासिल गर्न सकेको छ ।

प्रकाशित मिति: असार २९ २०७८, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend