धरानः पूर्व-पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी नगरपालिका-१० भाउन्नेमा पहिचान नखुलेको सवारी साधनको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ।
दुर्घटनामा अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पनि पहिचान हुन सकिरहेको छैन । सवारी साधनको ठक्करबाट घाइते भएको अवस्थामा ती पुरुष मंगलबार साँझ ७ः३० बजे फेला परेका थिए ।
उपचारका लागि नोबेल सामुदायिक अस्पतालमा भर्ना गरिएको केहीबेरमै उनको मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमनकुमार तिमल्सिनाले बताए । उनका अनुसार दुर्घटना गराउने सवारी साधनको खोजी थाल्दै मृतकको पहिचानको प्रयास भइरहेको छ ।

