उदयपुरः चट्याङ लागेर उदयपुरमा दुईजनाको मृत्यु भएको छ ।
खेतमा धान रोप्दै गरेका उनीहरुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्रियुगा नगरपालिका–३ भुल्के ठाडीमा दुई महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा ठाडीकी ४० वर्षीया ललिता सदा र ३९ वर्षीया फूलकुमारी सदा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
घरनजिकै खेतमा धान रोप्दै गरेका बेला चट्याङ लागेर गम्भीर घाइते भएका दुवैको उपचारका क्रममा जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । दुवैको शव परीक्षण्का लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

