इलामः इलामको माङसेबुङ गाउँपालिका-४ मार्चेबुङ बस्ने ३६ वर्षीय धनबहादुर राईको मोटरसाइकल दुर्घटनाबाट मृत्यु भएको छ ।
मार्चेबुङ वडा नम्बर-४ का वडा सदस्य समेत रहेका राई कार्यालयबाट मे८प ६०४ नम्बरको मोटरसाइकलमा घरतर्फ आउँदै गर्दा रतुवा पुलनजिक मोटरसाइकल आफै अनियन्त्रित भई सेतेभीरबाट अन्दाजी १०० मिटर तल झरी दुर्घटना हुँदा उनी गम्भीर घाइते भएका थिए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते भएका वडासदस्य राईको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा बुधबार राति पौने १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।