Hamro Koshi Aawaj

बुधबार, कार्तिक १८ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

हतियार र लागूऔषधका कारोबारी भारतीय नागरिक कटुवा पेस्तोल र लागूऔषधसहित समातिए

हाम्रो कोशी आवाज
असार ३१ २०७८, बिहिबार
हतियार र लागूऔषधका कारोबारी भारतीय नागरिक कटुवा पेस्तोल र लागूऔषधसहित समातिए

विराटनगरः कटुवा पेस्तोल र लागूपदार्थसहित नेपाल प्रवेश गरेका एक भारतीय नागरिकलाई प्रहरीले विराटनगरमा पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल मोरङका अनुसार बुधबार राति विराटनगर महानगरपालिका १६ सीमा नजिकबाट भारत विहार जोगबनी ९ इन्द्रनगरका ४१ वर्षीय पप्पुकुमार पटेल पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गोपीकृष्ण ठाकुरका अनुसार पक्राउ परेका पटेलको साथबाट एकथान पेस्तोल, लागु औषध लुपिजेसिक २ सय ९५ एम्फुल, एभिल २ सय ९२ एम्फुल, एकथान चक्कु र दुईवटा मोबाइल फेला परेको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पटेल हतियार र लागूऔषधका कारोबारी रहेको खुलेको छ । प्रहरीका अनुसार उनी भारतको जोगवनीमा रहेर नेपाल केन्द्रित कारोबार सञ्चालन गरिरहेका थिए । भारतमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भइ फरार भएका भारतीय नागरिक पेस्तोल र लागूऔषध सहित विराटनगरबाट पक्राउ परेका हुन् ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर–१६ हुलास चौक दक्षिणगेटबाट रातको समयमा पक्राउ गरिएको हो ।
पटेलले थोत्रा बोराभित्र कटुवा पेस्तोल र २ किसिमको लागूऔषध नेपालतर्फ भित्रउने क्रममा सो सामाग्री बरामद गरेको थियो । पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । पक्राउ परेका पटेललाई राति नै ईलाका प्रहरी कार्यालय रानी विराटनगरमा थप अनुसन्धानको लागि पठाएको छ ।

प्रकाशित मिति: असार ३१ २०७८, बिहिबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend